सर्वोच्च अदालतले भ्रूण र नवजात शिशुको हत्यामा संलग्न आमाहरुलाई कम सजाय गर्नुपर्ने व्याख्या गरेको छ ।असुरक्षित शारीरिक सम्बन्धबाट जन्मिएको शिशुको हत्यामा संलग्न एक किशोरीको मुद्दामा सर्वोच्च अदालतले न्यून सजाय गर्ने व्यवस्थालाई गम्भीरतापूर्वक हेरिनुपर्ने औंल्याएको हो ।
सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएकी १७ वर्षीया किशोरीलाई २ वर्षमात्रै कैद सजाय गर्दा ‘कानुनको उद्देश्य पूरा हुने’ ठहर गरेको छ । घटनामा जोडिएका पुरुषलाई पनि सर्वोच्च अदालतले २ वर्ष नै कैद सजाय तोकेको छ ।
सर्वोच्च अदालतले जातक ९नवजात शिशु०को जन्म र त्यसको परिवेश तथा कसुर गर्ने महिलाको जीवन, स्वास्थ्य तथा प्रजनन हकसँगै कसुरजन्य कार्यलाई उदारतापूर्वक हेर्नुपर्ने व्याख्या गरेको छ ।