श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली शुक्रबारको अभ्यास खेलमा पराजित भएको छ । प्रमुख खेलाडी रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अनुपस्थितिमा सोमपाल कामीले नेतृत्व गरेको नेपाली टोलीलाई श्रीलंका डेभलपमेन्ट टोलीले ५ विकेटले हराएको हो ।
श्रीलंकाली टोलीले टस जितेपछि ब्याटिङमा आएको नेपाल ४० ओभर खेल्दै १ सय ५९ रनमै अल आउट भयेका हुन । २४ ओभरमा १ सय रन पुग्नु अगाडि नै ६ विकेट गुमाइसकेको नेपाल त्यसपछि फेरि खेलमा फर्किन नसकेको हो ।
ओपनर आसिफ शेख शून्य, अनिल साह ३ र सन्दीप जोरा ६ रन बनाई आउट भए भने अर्का ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाएर आउट भएका थिए । भुर्तेलले ५० बलमा ४ चौका र १ छक्का प्रहार गरी मध्य क्रममा आरिफ शेखले २० र कुशल मल्लले ३५ रन बनाई नेपाली इनिङ्स तानेका हुन । श्रीलंकाली टोलीले २६ ५ ओभरमै लक्ष्य पूरा गदै के सन्जुलाले दिलाएको ६८ रन द्धारा घरेलु टोलीलाई जित निकाल्न सहज भएको हो ।