रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु हुदा सात जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो ।
बाढीले बगाउँदा १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको हो ।बेपत्ता भएका डिल्ली बहादुर बुढाथोकीको भने खोजी भइरहेको हो । घाइते सबैको आठविसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।
आठबिसकोटस्थित गिजागार खोलामा उर्लिएको बाढीले घर बगाउँदा मानवीय क्षति हुनुका साथै अन्य स्थानका घर र घट्ट समेत बगाएको हो ।घटनास्थलमा प्रशासनले राहत र उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।