मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार पदभार ग्रहण गरेकी छन । पदभार ग्रहण पश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रदेश प्रमुख भण्डारीले नेपालको संविधान र कानुनको अधीनमा रही विधि प्रक्रिया अपनाएर आफूले कामकाज गर्ने बताएकी छन। उनले मधेश प्रदेशको समृद्धि र विकासका लागि सदैव आफ्नो साथ रहने भन्दै मधेश प्रदेशको उन्नतिका लागि शुभकामना व्यक्त गरेकी छन । पदभार ग्रहणपश्चात् प्रदेश प्रमुखलाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादव, एमालेका प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, एमाले नेता सुमन प्याकुरेल, पूर्वमन्त्री शत्रुधन सिंहसहितका नेताहरुले भेटेर बधाई दिए। आज प्रदेश प्रमुख भण्डारीले जनकपुरधामको जानकी मन्दिर पुगेर जानकी माताको दर्शनपश्चात् पदभार ग्रहण गरेकी थिइन ।