बङ्गलादेशमा राष्ट्रगान परिवर्तन गर्न माग भएको छ । बङ्गलादेशका पूर्व ब्रीगे डियर जनरल आमिर आजमका छोरा अमान आजमी विगत आठ वर्षसम्म बेपत्ता बनाइएका र केही समय अगाडि मात्र सार्वजनिक भएका उनले यस्तो माग गरेका हुन् । भारतीय साहित्यकार रवीन्द्र नाथ ठाकुरले लेखेको ‘आमार सोनार बाङ्ला’ नामक गीतलाई सन् १९७१ मा बङ्गलादेशद्धारा स्वतन्त्र भएपछि राष्ट्रगानको रुपमा राखिएको थियो ।
बङ्गलादेशी अखबार ढाका ट्रीब्यूनमा राष्ट्रगान परिवर्तन गर्नेबारेमा बोल्दै ‘दुई बङ्गाल एक गर्ने बारेमा लेखिएको गीत कसरी स्वतन्त्र बङ्गलादेशको रास्ट्रगान हुनसक्छ भन्ने बारे अमान आजमीले प्रश्न गरेका थिए ।