बङ्गलादेशमा आरक्षण कोटाको विरोधमा भएको विद्यार्थी आन्दोलनमा १७४ जनाको मृत्यु भएको हो ।रोजगारीमा आरक्षण कोटाको विरोधमा भएको विद्यार्थी आन्दोलनमा अशान्ति फैलिएपछि बङ्गलादेशमा हालसम्म दुई हजार पाँच सय बढी मानिस गिरफ्तार भएको एएफपीले बताएका छन।
सो आन्दोलनमा मृत्यु हुनेमा प्रहरी अधिकारीहरु पनि रहेको जनाइएको हो। गत साताबाट बङ्गलादेशमा सरकारी नोकरीमा भएको कोटाविरुद्ध प्रदर्शन सुरु भएको हो। प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब वा अशान्तिपूर्ण अवस्थामा रूपमा यसलाई लिइएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ।