नेपालले लेवनानमा हुने फोर नेसन्सकप अन्तर्राष्ट्रिय वुमेन्स च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा जोर्डनको सामना गर्ने भएको हो । लेवनान फुटबल संघले जारी गरेको ड्र अनुसार नेपाल र जोर्डनबीचको खेल असार २६ मा हुनेछ ।
नेपाल वाफ च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनसँगै टाइब्रेकरमा पराजित भएको थियो । लेवनानको त्रिपोलीमा हुने प्रतियोगितमा नेपालले असार २९ मा बंगलादेश र साउन १ मा लेवनानको सामना गर्नेछ ।
सहभागी चार टिमले लिग चरणमा एक आपसमा खेल्नेछ र शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछ भने अहिले प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा नेपाली राष्ट्रिय टिमको तयारी चलिरहेको हो ।