सप्तरी जिल्लामा मधेश प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवविरुद्ध कर्मचारीहरु आन्दोलित भएका छन् । मन्त्री यादवले पूर्वाधार विकास कार्यालयका प्रमुखमाथि दुव्र्यवहारको विरुद्धमा कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । कार्यालय प्रमुख प्रवीण प्रताप अधिकारीमाथि प्रदेश साँसदको टोलीद्वारा हातपात र दुव्र्यवहार भएको भन्दै उनीहरु सोमवार कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रेका छन् । आन्दोलनरत कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी किरण थापालाई सोमवार ध्यानाकर्षण पत्र बुझाउँदै कारवाहीको माग गरेका छन् । जनमत पार्टीका तर्फबाट प्रदेश साँसद रहेका यादव, मो।सकिल अली, शम्भु प्रसाद साह लगायतको नेतृत्वमा रहेको टोलीले आइतवार कार्यकक्षमै पुगेर कार्यालय प्रमुख अधिकारीमाथि हातपात र दुव्र्यवहार गरेको विरुद्धमा आन्दोलनमा उत्रेका कर्मचारीहरुले जनाएका छन् । प्रमुख जिल्ला अधिकारी थापालाई कर्मचारीहरुको तर्फबाट बुझाइएको पत्रमा हातपात र दुव्र्यवहार गर्नेहरुमाथि कारवाही नहुञ्जेलसम्म कार्यालयको सम्पूर्ण कामकाज बन्द रहने उल्लेख छ । टाउको र हातमा कालो पट्टी बाँधेर कार्यालय परिसरमै धर्नामा वसेका कर्मचारीहरुले घट्नाका दिन दुव्र्यवहारका दृश्य कैद भएका कार्यालयको सिसी टिभी फुटेजको प्रमाणका आधारमा छानबिन गरी दोषीमाथि कारबाही तथा कार्यालयमा काम गर्ने सुरक्षित वातावरणको प्रत्याभूतिको माग गरेका छन् । जनमत पार्टीका नेता समेत रहेका सांसद यादवले पूर्वाधार कार्यालयले जथाभावी योजना वितरण गरेको आरोप लगाउँदै कुटपिट गरेको आरोपलाई अस्वीकार गरेका छन् । प्रदेश साँसद यादवले हातपातको कुरा अस्वीकार गर्दै विचौलियाको प्रभावमा परेर जथाभावी योजना बाँडेको विरोध गर्दा आपूmसंग सामान्य वादविवाद मात्र भएको दाबी गरेका छन् ।