फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ।
आज बिहान भएको खेलमा पाराग्वेले ब्राजिललाई १ ० ले हराएको हो। पराग्वेको जितमा २० औं मिनेटमा डियगो गोमेजले गरेको गोल नै निर्णायक बन्न पुगेको हो ।
जितपछि १० टोली सहभागी छनोटमा नौ अंकका साथ पराग्वे सातौं स्थानमा रहेको छ ।