पर्साको जिरा भवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । वडा नम्बर ५ शंकर सखुवनियाका ६० वर्षिय तुलसी राउत थारुको मृत्यु भएको प्रहरीले जनाएको हाृ ।
मृतक गाउँनजिकैको जङ्गलमा शुक्रबार अपरान्ह घाँस काट्न गएका बेला बाघको आक्रमणमा परेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहन जङ्ग बुढाथापाले जानकारी दिएका हुन ।
दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा थारुको शव आज विहान फेला परेको प्रहरी निरीक्षक बुढाथापाले बताएका छन । शुक्रबार अर्थात हिजो देखि बेपत्ता रहेका थारुको शव आज विहान सुगिभार नजिकको नर्सरीमा फेला परेको हो ।
थापाले भने “थारु शुक्रबार अपरान्ह घरबाट घाँस काट्न जङ्गल गएका र उनी अबेर रातिसम्म पनि घर नफर्के पछि स्थानियले आज विहान उनलाई खोज्न जङ्गलमा पुगेर खोज्ने क्रममा एक हात एक खुट्टा नरहेको अवस्थामा उनको शव फेला परेको थापाले जानकारि दिएका छन ।”
शव फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए भने ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका टोली शवस्थलमा पुगेर मुचुल्का उठाई शव परिक्षणका लागि पोष्टमार्टम गर्न वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाएको प्रहरी निरिक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिएका हुन ।