नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले संयुक्त अभ्यास गर्ने भएको छ । विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि दुबै देशका सेनाले संयुक्त रूपमा अभ्यास सुरु गर्ने भएको हो । यही भदौ ३० देखि असोज ४ गतेसम्म अभ्यास सञ्चालन हुन लागेको बताइएको हो ।
‘अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान गरिने खोज तथा उद्धारलाई यप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुने नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ भने ‘काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरू सञ्चालन हुनेछन्।’ सन् २०१२ देखि सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण सुरु हुदैछ ।