देशका मध्य तथा पश्चिमी तराईका भूभागमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, ती भूभागमा अबका तीन दिन जेठ २९ देखि ३१ गते सम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । महाशाखाले तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।