सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ९ का वडाध्यक्षले सार्वजनिक पोखरी ठेक्कामा लगाई त्यसवापत उठेको राजस्व हिनामिना गरेको खुलासा भएको हो ।
उनले १४ लाख ५० हजार ठेक्का वापतको राजस्व उठाएर चार लाख ५० हजार मात्र बुझाई बाँकी रकम हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन ।
यस बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र अहिले त्यसको छानविन भईरहेको बताईएको हो ।