विश्वकप लिग २ को त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय टोलीसँगको अभ्यास खेलमा ६६ रनको जित हासिल गरेको छ। टोरोन्टोमा भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्स लाई ६६ रनले पराजित गरेको हो।
२ सय ४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १ सय ८१ रनमा अल आउट भइको हो । जगुवार्सका लागि अजयविर सिंहले सर्वाधिक ५५ रन जोड्दा नदिम मन्जराले २९ रन जोडेका हुन ।
नेपालका लागि ललितनारायण राजवंशीले ४ र सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने करण केसी र कुशल मल्लले समान १ १ विकेट लिएका हुन।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ५ ओभरमा २ सय ४७ रन बनाउदा नेपालका लागि अनिल कुमार शाह अविजित रहँदै सर्वाधिक ४७ तथा कुशल भुर्तेलले ४१ रन जोडेका थिए।
कप्तान रोहित कुमार पौडेलले ३३, भीम सार्कीले २१ गुलसन झा र आशिफ शेखले समान १९ तथा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाएका हुन।
विश्वकप लिग २ को आफ्नो दोस्रो श्रृंखलामा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्दैछ भने त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुने भएको छ।
त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ रत्यस्तै तेस्रो खेलमा नेपालले ६ असोजमा क्यानडाको सामना गर्दा ८ असोजमा ओमानसँग खेल्ने छ। सबै खेल नेपाली समय अनुसार साँझ ७ ४५ मा हुने छ।