जम्मू कश्मीरको किश्तवाडको चतारुमा शुक्रबार आतङ्कवादी र सुरक्षा बलबिचको भिडन्तमा दुई सैनिकको मृत्यु भएको छ। मारिनेमा ह्वाइट नाइट कर्पसका नायब सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह रहेका छन् ।
घाइते थप दुई सैनिकको उपचार भइरहेको र पिंगनाल दुग्गडाको जंगलमा लुकेर बसेका ३–४ जनाको समुहका आतङ्ककारीलाई सुरक्षा बलले घेरेको छ भने मुठभेड अझै जारी रहेको हो ।
चत्रु बेल्टको नैदघाम क्षेत्रमा तीन जैश ए मोहम्मद आतङ्ककारीहरूको उपस्थितिको बारेमा गुप्तचर प्राप्त भएपछि सुरक्षा बलहरूले खोज अभियान सुरु गरेका र सो क्रममा मुठभेड सुरु भएको थियो ।
उता शुक्रबार राति नै बारा मुलाको चक टेप्पर क्रिरी पट्टन क्षेत्रमा पनि भिडन्त सुरु भएको छ र कश्मीर जोन पुलिसले एक्समा एक पोस्टमार्फत यो जानकारी दिएको हो।
जम्मू कश्मीर विधान सभा चुनावको पहिलो चरणको मतदान सेप्टेम्बर १८ मा हुँदैगरेकोले सुरक्षा निकायलाई अलर्टमा राखिएको बताइएको हो ।