नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्रले२०८०।०८१ मा विद्युत् महसुल नतिर्ने १५८२ ग्राहकको लाइन काटेका छन । केन्द्रले बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाउने ग्राहकको लाइन काटेको हो ।लाइन काटिएका ग्राहकले ३करोड २० लाख ०८ हजार ९१४ रुपैयाँ ५० पैसा बक्यौता महसुल बुझाउन बाँकी थियो । लाइन काटी १३१० ग्राहकहरु झन्डै २ करोड ०३ लाख ५२हजार ८५३ रुपैयाँ ८८पैसा महसुलअसुल गरिएको र चुहावट लक्ष्य २३.१० प्रतिशत बाट घटाएर २२.८३प्रतिशत कायम गरिएको केन्द्र प्रमुख अरुणकुमार साहले बताएका छन । तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने पनि उनले जानकारी गराएका छन ।
असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि केन्द्रहरूले महसुल नतिर्ने ग्राहकको लाइन काटिरहेका छन् ।
विद्युत महसुल संकलन विनियमावली २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ ।
मिटर रिडिङ भएको मितिले१६औं दिनदेखि ३०औं दिनसम्म पाँच प्रतिशतका दरले र ३१ औं दिनदेखि ४० औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औं दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।
लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।विनियमावलीको यही प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६० औं दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताको चरणबद्धरूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिइएको केन्द्रका प्रमुख अरुणकुमार साहले बताएका छन ।
विनियमावलीको यही प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६० औं दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताको चरणबद्धरूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिइएको केन्द्रका प्रमुख अरुणकुमार साहले बताएका छन ।