जनमत पार्टीले कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साहलाई चयन गरेको छ ।
जनमत पार्टीको केन्द्रीय सचिवालयले हिजो शुक्रबार मनोज कुमार साहलाई अध्यक्षमा चयन गरेको हो । साहलाई नगर समितिको अध्यक्ष पदमा नियुक्ति गरि संगठन बिस्तार गर्न जिम्मेवारी दिए सँगै बधाईको ओइरो लागेको छ ।
साहलाई पार्टीका केन्द्रिय सदस्य समेत रहेका सप्तरी क्षेत्र नम्बर १ ‘क’का प्रत्यासि उम्मेदवार शिवनन्दन मेहता, जिल्ला सदस्य मो। अफाक हक लगायतका नेता तथा कार्यकर्ताहरुले बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् ।
सचिवालयले कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साहलाई चयन गरेको छ भने सचिवमा सिताराम चौधरी र सह(सचिवमा रामदेव शर्मालाई चयन गरेको छ ।