एएफसी महिला च्याम्पियन्स लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले उज्वेकिस्तानको पिएफसी नासाफ सँग प्रतिस्पर्धा गर्ने भएको छ ।
आइतबार लिगको डेब्यू खेलमा एपीएफ टोलीले पिए फसी नासाफसँग प्रतिस्पर्धा गर्ने भएको हो। मलेसियाको लिकास मैदानमा एपीएफ र पिएफसी बीचको खेल पौने ६ बजे सुरु हुनेछ ।
समूह ‘सी’ रहेको एपीएफले दोस्रो खेलमा सवा एफए सँग भिड्ने छ भने प्रतियगिताका लागि एपीएफ बिहीबार मलेसिया उडेको हो । एसियाली फुटबल महासंघ एएफसीले नयाँ स्वरूपमा पहिलोपल्ट महिला च्याम्पियन्स लिग आयोजना गरेको हो ।
प्रतियोगिताको प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्ने ए एफसीले जनाएको छ । जसमा समूह ‘ए’ मा चार टोली छन् भने अन्य तीन समूहमा तीन–तीन टोली रहेका छन् । एपीएफले पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो ।