धनुषामा आमा छोरा मिलेर कुटपिट गरि धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या गरेका छन।
ठाकुरको श्रीमती ३५ वर्षीया श्यामु ठाकुर भने घाइते भएकी छन् । स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाले घरमै गएर ठाकुर दम्पत्तीलाई सोमबार कुटपिट गरेका हुन ।
कुटपिटबाट गम्भीर घाइते भएका ठाकुरको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो भने कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएका छन ।