आज आइतबार देखि मौसम सुधार हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान ८ २४ बजे सूचना जारी गरी महाशाखाले अबका ३ दिन ठूलो वर्षाको सम्भावना कम रहेको जानकारी दिएको हो। तर पनि वर्षा भने जारी नै रहने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको हो ।
महाशाखाले जारी गरेको सूचनाको आधारमा विगत केही दिनदेखि देशभरको मौसमी अवस्थामा आजबाट सुधार हुने सम्भावना रहेको छ। आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून छ तर, आगामी २४ घण्टाका लागि कोसी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको हो ।