![](https://radiojaymadhesh.com/wp-content/uploads/2024/02/Official-website2021-03-17-07-52-49-1.gif)
देशभर मनसुनी वायुको प्रभाव कायमै रहदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको हो । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहदा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको हो ।
दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुदा बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
![आजको मौसम अपडेटमा चारवटा प्रदेशमा भारी वर्षा हुने 1 Official website2021 03 17 07 52 49 1](https://radiojaymadhesh.com/wp-content/uploads/2024/02/Official-website2021-03-17-07-52-49-1.gif)
त्यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।
![](https://radiojaymadhesh.com/wp-content/uploads/2024/02/Official-website2021-03-17-07-52-49-1.gif)